राजेन्द्र लिङदेनको कडा टिप्पणी-पूर्व प्रधानमन्त्रीहरुको वक्तव्य लामो समय सत्ता बाहिर बस्नु पर्दाको औडाहा
दमक/ राप्रपाका नेता तथा निवर्तमान प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले ५ जना पुर्व प्रधानमन्त्रीहरुले सामुहिक बिज्ञप्ति निकाल्दै दिको बक्तब्यप्रति टिप्पणी गरेकाछन् । शेरबहादुर देउवा, पुष्प कमल दाहाल , झलनाथ खनाल, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईद्वारा जारी विज्ञप्तिमा नेपालको बारेमा नेपालीहरूले नै निर्णय गर्नुपर्ने उल्लेख गर्दै नेपालमा संवैधानि कव्यवस्थामाथि निरङ्कुश हमला भइरहेको जिकीर गरेका थिए ।
सामाजिक सञ्जाल फेसबुकमा लिङदेनले लेखेकाछन्-
एउटा जिज्ञासा:
नेपालको बारेमा नेपालीलेनै निर्णय गर्नुपर्छ। नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवंम चलखेल नहोस भन्ने पूर्व पाँच प्रधानमन्त्रीहरुको वक्तव्य लामो समय सत्ता बाहिर बस्नु पर्दाको औडाहा मात्र होकी ? नेपालमा वैदेशिक हस्तक्षेप आमन्त्रणमा विगतमा निर्वाह गरिएको भूमिका, विदेशीहरूले तय गरेकोे मार्ग चित्रको यात्रा गलत भएछ भन्ने सामुहिक आत्मवोध पनि हो ?
