२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ शेयर सम्बन्धिका बिज्ञ रविन्द्र भट्टराईले शेयर लगानीबाट कमाईका प्रशस्त सम्भावानाहरु रहेको भन्दै यसमा बुझेर आउन आग्रह गरेकाछन् । दमक जेसिजले आयोजना गरेको ७ दिने सबै भन्दा राम्रो स्टक ट्रेडिंग कोर्स सम्बन्धिको तालिममा उनले यस्तो जनाएकाहुन् ।

शेयर समबन्धि बिभिन्न पुस्तकका लेखक समेत रहेका उनले शेयर लगानी गरिएका कम्पनीहरुको नियमित रुपमा जानकारी राख्नु पर्नेमा जोड दिए । कसरी बन्ने सेयरबाट करोडपति ? भनेर उनले तालिममा जानकारी दिए ।

उनले जुन पायो त्यही कम्पनीमा लगानी नगर्न सल्लाह दिंदै बुझ्न आग्रह गरे । भविष्य सुनिश्चित गर्नका लागि शेयरमा लगानी अपरिहार्य भएकोमा उनको जोड रहेको थियो । हाईड्रो, बैक, ईन्सुरेन्स जुनमा लगानी गर्ने भएपनि त्यस बिषयमा बुझ्न उनको भनाई थियो ।

केहि समय शेयर बजारमा केहि समस्या भएपनि सधै त्यस्तो नहुने उनले जनाए । कतिपय अवस्थामा होल्ड गरेर पनि भविष्यमा राम्रो हुने उनको भनाई थियो । शेयरका लगानी खेर नजानेमा ढुक्क हुन पनि उनको आग्रह थियो ।

योजना बनाएर शेयरमा लगानी गर्न उनको सुझाव रहेको थियो । सकेसम्म छिटो लगानी गर्दा पछि छिटो प्रतिफल आउन सक्ने भन्दै जोखिमको मूल्याङ्कन गरेर शेयरमा लगानी गर्न र सफल बन्न उनले शुभकामना पनि दिए ।

उक्त तालिमको सहजीकरण शेयर लगानीकर्ता सुवासचन्द्र भट्टराईले गरेका थिए । दमक जेसिजका अध्यक्ष सुयोग खरेलका अनुसार भर्चुअल माध्यमबाट ५ सय जना तालिममा सहभागि रहेकाछन् ।