२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ झापाको दमककी एक २४ बर्षिया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बिएण्डसि अस्पताल विर्तामोडमा उपचारको क्रममा दमककी महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जानकारी दिएको छ ।

जिल्लामा गत २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट दमकमा १ सहित झापामा ४ जनाको मृत्यु भएको पनि उल्लेख छ । जिल्लामा १५६ जना नयाँ कोरोना संक्रमित थपिएकाछन् । यसमा दमकको ६२ जना रहेको उल्लेख गरिएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९९४ जना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ३१ हजार १०५ जना संक्रमित निको भइसकेका छन्।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ४६ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ४१३ जना संक्रमितको मृत्यु भएको छ। आज ५४८ जना क्वारेन्टाइनमा रहेका छन्।