२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ झापाको दमकमा निषेधाज्ञाको अवज्ञा गर्ने क्रम बढेपछि हिजो अपरान्ह दमक चोक पुर्वपश्चिम राजमार्गको आकाशेपुल नजिक जाँच गरेको छ । अति आवश्यक काम वाहेक सवारी साधन कुदाउनेहरुलाई केहि समय होल्ड गरेर छाडेको हो ।

मोटरसाईकल तथा अन्य सवारी साधनहरु नियण्त्रणमा लिएर करिब १ घण्टा होल्ड गरिएर राखिएको प्रहरीको भनाई रहेको छ । दमकमा निषेधाज्ञाको पालना नभएको भन्दै बारम्बार आलोचना हुँदै आएको छ ।