दमकमा निषेधाज्ञा पालना नगर्ने केहि ब्यापारीहरु केहिबेर प्रहरी नियण्त्रणमा
दमक/ झापाको दमकमा निषेधाज्ञाको अवज्ञा गर्नेलाई प्रहरीले पक्राउ गर्न थालेको छ । दमकमा बारम्बार सम्झाउदा र बुझाउदा समेत पसल खोल्ने एकदर्जनभन्दा बढिलाई प्रहरीले नियण्त्रणमा लिएर केहिबेरपछि छाडेको छ । दमकको चोक आसपास थानारोड, फर्निचर लाईनमा खुलेका पसलका सञ्चालकलाई नियण्त्रणमा लिएर प्रहरीले केहिबेरपछि छाडेको हो ।
केहि दिन यता प्रहरीले केहि कडाई गरेको छ । यद्यपी दमकमा निषेधाज्ञाको पालना अत्यन्त कमजोर रहेको छ । सबै प्रकारका ब्यापार ब्यवसायहरु सञ्चालनमा रहन थालेकाछन् । प्रहरी देख्दा बन्द गर्ने र प्रहरी जानसाथ खोल्ने प्रवृती देखिएको छ ।
