२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

नबिल बैंकको अषाढ ४ गते शुक्रबारदेखि अषाढ ७ गते सोमबारसम्म बैंकिङ्ग कारोबार बन्द हुने जानकारी दिएको छ । बैंकको कोर बैंकिङ्ग सिस्टम (सीबीएस) स्तरोन्नति गर्नुपर्ने भएकाले अषाढ ७ गते बिहान ९ बजेसम्मका लागी कारोबार बन्द हुने भएको जनाएको हो ।

बैंकले सूचना जारी गर्दै बैंकको सम्पूर्ण शाखाहरु, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एटिएम, कार्ड (क्रेडिट र प्रिपेड कार्ड बाहेक), रेमिट्यान्स लगायत सम्पूर्ण बैंकिङ्ग कारोबारहरु पूर्ण रुपमा बन्द रहने जानकारी गराइसकेको नविल बैक दमक शाखाका प्रवन्धक राजेन बस्नेतले बताए ।

नबिल बैंकको सूचना

यस नबिल बैंक लि को Core Banking System (CBS) स्तरोन्नति गर्नुपर्ने भएकोले यहि मिति २००८/03/08 गते शुक्रबार दिउसो 8 बजे देखि २००८/03/06 गते सोमबार बिहान ९ बजे सम्म बैंकको सम्पूर्ण शाखाहरु, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, ATM, Card (Credit/Prepaid Card बाहेक), रेमिट्यान्स लगायतका सेवाहरु एवम सम्पूर्ण बैंकिङ्ग कारोबारहरु पूर्ण रुपमा बन्द रहने व्यहोरा ग्राहक महानुभावहरुमा अवगत गराउन चाहन्छौं। बैंकिङ्ग कारोबारहरु बन्द रहने मितिमा आईपर्न सक्ने अत्यावश्यक कारोबारहरुको लागि सम्बन्धित शाखा कार्यालयमा अग्रिम रुपमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौं। यसबाट ग्राहक महानुभावहरुमा पर्न जाने असुविधा प्रति बैंक क्षमाप्रार्थी छ। थप जानकारीको लागि बैंकको ग्राहक सेवा केन्द्रको सम्पर्क नम्बर ०१-५९000१५ मा तथा बैंकको वेबसाइटमा उल्लेख गरिएका शाखा प्रबन्धकहरुलाई सम्पर्क गर्न सक्नुहुनेछ।