२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ दमक नगरपालिकाले नीति तथा कार्यक्रम र बजेटको अन्तिम टुंगो लगाउने प्रयास गरिरहेको बताईएको छ । आवश्यकता र माग बढि भएपनि बजेट कम भएका कारण समस्या भएको बताईएको छ । लकडाउन तथा निषेधाज्ञाका कारण नगरपालिकाले अपेक्षाकृत रुपमा आम्दानी गर्न सकेको छैन ।

पुराना नीति तथा कार्यक्रमहरुलाई पुरा गर्ने किसिमको बजेट आउने जनाईन्छ । पुराना कामको निरन्तरताभन्दा खास धेरै योजना आउने जस्तो देखिन्न, एक जनप्रतिनिधिले भने । संघीय र प्रदेश सरकारले पठाएको अनुदान बाहेक खास आम्दानी नगरपालिकको नरहेको जनाईएको छ ।