२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि
देविका अधिकारी
हल्दिबारी / झापाको हल्दिबारीमा  रक्तदान गरौ, जिवन बचाऔ, कोरोनालाई परास्त गर्न एकजुट बनौ  भन्ने नाराका साथ नेपाल तरुण दल हल्दीवारीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

कोरोनाको महामारीका कारण झापा जिल्लामा रगतको अभाव नहोस र रगतकै कारण कसैको ज्यान नजाओस भन्ने उद्देश्यका साथ रक्तदान गरिएको पनि बताईएको छ ।

नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा भएको रक्तदानमा ७ महिला सहित ७२ जनाले रक्तदान गरेको नेपाल तरुण दल हल्दीवारीका सभापति बुद्ध मावोले बताएकाछन् ।

रक्तदान कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस महासमिति सदस्य तथा संगठन विभाग प्रमुख देउमान थेवे लगायतले शुभकामना दिएका थिए ।

सो कार्यक्रममा प्रमुख अतिथि थेवे सहित युवानेता नविन बिमली, भूपाल बस्नेत, भागिरथ पोदारले शुभकामना मन्तव्य राख्दै यस्तो अवस्थामा रक्तदान गरेर सामाजिक उत्तरदायित्व वहन गरेको भन्दै तरुण दलको प्रंशशा गरेका थिए । राजकिशोर शाहले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव धर्मराज काफ्लेले गरेका थिए ।