झापामा ८ बर्षका दुईबालक बलात्कृत
धुलाबारी, असार ८ । झापा मेचीनगरका दुई वालकमाथि यौन हिंसा भएको छ । मेचीनगर ९ का ८ बर्षका दुई वालकमाथि छिमेकी एक जना १७ बर्षका र अर्का १५ बर्षका किशोरहरुले संयुक्त रुपमा यौन हिंसा गरेको ती वालकका अभिभावकले बताउनु भएको छ ।
हिजो खेल्न जाउँ भन्दै घर नजिकैको जंगलमा लगेर दुई किशोरले दुई जना वालकलाई अप्राकृतिक मैथुन गरेको वालककी हजुरआमाले बताउनु भयो । घट्नाका बारेमा धेरै कुरा बताउन नसक्ने पिडित मध्येका एक ८ बर्षिय बालकले भन्नुभयो, ‘कदमको रुखमा खेल्न जाँउ भनेर लानु भयो, अनि छाडा गर्न लगाउनु भयो ।’ छाडा हो यस्तो गर्दिन भन्दा आफुलाई कुटेको समेत ति बालकले बताउनु भयो ।
उक्त घट्नाका बारेमा कुनै पनि उजुरी अहिलेसम्म आइनपुगेको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक बिकास राईले बताउनु भयो । १८ बर्षभन्दा कम उमेरका वालवालिकाहरुको बिरुद्ध उजुरी परे हिरासतमा नराखी निगरानी कक्षमा राखेर वालवालिका ऐन बमोजिम कारबाही प्रक्रिया अगाडी बढ्ने प्रहरी निरीक्षक राईले बताउनु भयो । -सेतोपत्र अनलाइनबाट साभार
