२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/दमकबाट मोटरसाइकल चोरी गरेर मधुमल्ला तर्फ पुरयाएका दुई जनालाई चोरीको मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको छ ।  शुक्रबार राती  दमक ७ का राजु श्रेष्ठको घरमा पार्किङ गरी राखेको अवस्थामा को २७ प ९४३६ नं.को मोटर साइकल चोरी भएको थियो ।

चोरीमा संलग्न मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं. ६ का १९ बर्षिय मिलन कार्की र मिक्लाजुङ वडा नं. ९ का होमराज कन्दङ्वालाई मधुमल्ला बजार नजिकैबाट इलाका प्रहरी कार्यालय मधुमल्लाको टोलीले नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । शनिबार बिहान ६ बजे मोटरसाइकल डोर्याउँदै आएका इलाका प्रहरी कार्यालय दमकको हुलीयाका आधारमा शंका लागेर चेकजाँच गर्दा मोटरसाइकल चोरी गरी ल्याएको खुलेको थियो ।