दमकमा एक कोरोना संक्रमित महिलाको मृत्यु
दमक/ झापाको दमकमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । आइतबार एक संक्रमित महिलाको दमकस्थित आम्दा अस्पतालमा मृत्यु भएको दमक नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
दमक ९ की ६१ बर्षिया महिलाको मृत्यु भएको बताईएको छ । सो संगै दमकमा दोश्रो भेरियन्टबाट संक्रमित मृतकको संख्या २९ पुगेको पनि नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
