दमक कोरोना संक्रमणको हटस्पट कायमै, एकैदिन ७३ जना कोरोना संक्रमित थपिए
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमक जिल्लामा नै कोरोना संक्रमणदर उच्च भएको पालिकामा परेको छ । यहाँ जाँच गराईएका सरदरमा ४० प्रतिशतमा कोरोना संक्रमण देखिइरहेको छ । केहि दिनयता अस्पतालहरुमा कोरोना संक्रमितहरुको भर्नादर पनि बढेको छ ।
यसैक्रममा सरकारी दमक कोभिड अस्पतालमा १ सय ३१ जनाको पिसिआर परिक्षणको क्रममा ५३ जनामा कोरोना संक्रमण भएको पाईएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । २० जना बिभिन्न क्लिनिकहरुमा जाँच गराएकाहरुमा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको छ ।
दुबै सख्या जोड्दा २४ घण्टामा ७३ जना कोरोना संक्रमित थपिएकाछन् । मंगलवार आएको परिक्षण रिर्पोट अनुसार ६ बर्षिय एक बालकपनि कोरोना संक्रमण देखिएको छ। दमक अस्पताल मातहतको कोभिड उपचार केन्द्रमा सोमबार स्वाव संकलन भएको थियो ।
दमक अस्पतालमा गरिएको एन्टिजेन परिक्षणका क्रममा ५ जनामा संक्रमण पुष्टि भएको अस्पताल श्रोतको भनाई रहेको छ । सरकारी दमक अस्पताल र लाईफलाइन अस्पतालले एन्टिजेन परिक्षण गर्ने गरेकाछन् ।
दमक नगरपालिकाको स्वास्थ्य शाखाका कुवेर भट्टराईका अनुसार दमकमा जाँच गराएकाहरुमा कोरोना संक्रमणदर नघट्दा चिन्ता थपिएको छ । कोरोना संक्रमित र अस्पतालमा भर्ना हुनेको संख्या घट्नको सट्टा बढ्नु खतरा हो, उनले भने । हामीले सावधानी नअपनाएर हुनसक्छ र यसलाई गम्भिर रुपमा लिनुपर्छ, उनले भने ।
