दमकमा फेरी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु
दमक/ दमकमा फेरी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । आम्दा अस्पताल दमकमा उपचाररत कोरोना संक्रमित एक महिलाको मंगलवार उपचारका क्रममा मृत्यु भएको बताईएको छ। दमक ३ की ५१ बर्षिया ति महिलाको उपचारकै क्रममा मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
उनको बसोबास कमल गाउँपालिका र दमक दुवै तर्फ रहेको भएपनि अस्पतालमा उपलब्ध विवरणमा उनको ठेगाना दमक ३ उल्लेख रहेको जनाईएको छ । स्वास्थ्य कार्यालयको रिर्पोटमा ति महिला कमल गाँउपालिकाको रहेको जनाईएको छ ।
यसभन्दा अघि दमककै लाईफलाइन अस्पतालमा चुलाचुली ईलामकी एक सुत्केरी महिलाको मृत्यु भएको थियो । एक महिना अघि ओम मेचीमा उनले बच्चा जन्माएकी थिईन् । यो संगै दमकमा कोरोना संक्रमणबाट मंगलवारमात्र २ जनाको मृत्यु भएको छ ।
यसेबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टाम देशभर जम्मा २० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ७१ पुगेको छ ।
