२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं– १७ जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी रहेको पाइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशका १७ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय भन्दा धेरै रहेको छ।

जसमा प्रदेश १ को मोरङ, सुनसरी, झापा बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक र नुवाकोट रहेका छन्।

त्यस्तै गण्डकी प्रदेशका कास्की र नवलपरासी (पूर्व), लुम्बिनी प्रदेशको बर्दिया र कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको कैलालीमा ५ सय भन्दा माथि उपचारार्थ सक्रिय संक्रमितहरु रहेको मन्त्रालयले जनाएको छ।