२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ लायन्स क्लव अफ नेपाल ईन्टरनेशनल ३२५ ए वानको लायन बर्ष २०२१/२०२२ को नेतृत्व रेवतबहादुर कार्कीले औपचारिक रुपमा नै सम्हाल्न थालेकाछन् । आजबाट कार्कीको औपचारिक रुपमा आफ्नो कार्यकाल शुरु भएको हो । सो अवसरमा आज देशभर रक्तदान, फुड बैंक स्थापना, बृक्षारोपण लगायतका सामाजिक कार्यहरु भएकाछन् ।

लायन्स क्लव अफ इन्टरनेशल ३२५ ए वानमा कार्कीलाई क्षमतावान लिडरको रुपमा लिइएको छ । उनको शुरुवात नै लायन्स क्लवहरुले बिभिन्न सामाजिक काम गरेर लायन्सलाई समाजमा स्थापित बनाउने अभियानमा साथ दिएकाछन् ।

लायन्स क्लब अफ इन्टरनेशनल विश्वका दुई सय पाँच भन्दा बढि मुलुकमा क्रियाशील रहेको सामाजिक सेवा गर्ने संस्था हो । सन् १९१७ मा स्थापना भएको लायन्स क्लव नेपालमा भने १९७१ मा स्थापना भएको हो ।

लायन्स क्लव भनेको मानविय सहयोगका लागि स्थापना भएको संसारकै सबैभन्दा ठूलो संस्था हो । यसले विशेष गरी स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा काम गर्दै आइरहेको छ । लायन्सलाई विशेष गरेर स्वास्थ्य क्षेत्रमा पनि आँखामा लाग्ने रोग मोतीविन्दुको उपचार गर्ने संस्था भनेर पनि विश्वमा चिनिन्छ ।