दमकको विकास र सम्बृद्धिमा ४ बर्षको अवधि निराशजनक नभएर उपलब्धि मूलक-रोमनाथ ओली
विष्णुप्रसाद पोखरेल
दमक/ दमक नगरपालिकाले आँउदो आर्थिक बर्षभित्र नगरपालिकाका सबै सडकहरु ग्राभेल गर्ने भएको छ । दमक नगरपालिकाको नवौ नगर सभामा विशेष प्रस्ताव राख्दै नगर प्रमुख रोमनाथ ओलीले यस्तो बताएकाहुन् । यो सर्वसम्मत रुपमा पास भएको छ ।
उनले कोभिडमा अग्रभागतमा रहेर खटन सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यर्मी र अस्पताल सहित सबैप्रति धन्यवाद सहित आभार प्रकट गरेको छ । विशेष प्रस्तावको रुपमा नै नगरपालिकाले सबैको योगदानको सम्मान गर्ने विशेष प्रस्ताव पास गरेको छ । दमक नगरपालिकाले कोभिड उपचार केन्द्र सञ्चालन गरेर सयौको ज्यान बचाएको भन्दै यसमा सबैको साथ र सहयोग रहेको उनको भनाई थियो ।
ओलीले नगरसभालाई सम्बोधन गर्दै नगर सभामा आएका बिषयहरुलाई कार्यन्वयन गरिने बताए । उनले विकास निर्माण र दमक बनाउने अभियान यो चार बर्षमा पुरा हुने नभएर निरन्तर प्रक्रिया भएकाले जनप्रतिनिधिहरुलाई निराश नहुन उनको आग्रह रहेको थियो । ओलीले यो ४ बर्षको अवधिमा निराशजनक नभएर उपलब्धिमूलक भएको जनाए ।
आफुहरु निर्वाचित भएर आएको ४ बर्षको अवधिमा थुप्रै कामहरु भएको उनको भनाई थियो । निर्वाचनको समयमा गरेका प्रतिबद्धताहरुमा आफु नचुकेको र प्रतिबद्धता बमोजिम काम गरेको पनि ओलीले सो अवसरमा जनाए ।
कतिपय कामहरु कोभिडका कारण गर्न नसकिएको पनि ओलीले जनाए । अझै धेरै गर्न सकिन्थ्यो र गर्ने प्रयत्न रहेको थियो, ओलीले भने । दमकको विकास र समबृद्धिको यात्रामा कोभिडका कारण केहि ठेस लागेको भने ओलीको भनाई थियो ।
नगरपालिकाको आन्तरिक श्रोतबाट हुने विकासका धेरै कामहरु भएको स्मरण पनि ओलीले गरे । हिजो जनप्रतिनिधि नहुँदा पनि हामीले विकास निर्माणमा चासो दिएका थियौ तर आज आफै जनप्रतिनिधिको रुपमा विकास निर्माणमा तल्लिन भएर लागेका छौ, ओलीले भने ।
