लोभलाग्दो नयाँ फिचर सहितको टिभिएसको स्कूटी दमकमा विक्री शुरु
दमक / टीभीएसको सर्वाधिक सफल स्कुटरको रुपमा लिईएको एनटर्कको नयाँ भेरियन्ट सार्वजनिक भएको छ । यसको बुधबारदेखि दममा पनि विक्री शुरु भएको छ । टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण आज दमकमा सार्वजनिकसंगै विक्री शुरु भएको हो ।
देशभरका आधिकारीक विक्रेताहरुले यसको सार्वजनिक गर्ने क्रममा दमकमा पनि सार्वजनिक भएको हो । दमकमा यसको आधिकारिक विक्रेता एएनए ट्रेड प्रा.लि.का अध्यक्ष गनबहादुर अधिकारीले यसको विक्री शुरु भएको जनाए ।
आफुहरुले शून्य प्रतिशतमा फाइनान्सको सुविधा, एक्सचेन्जको अफर रहेकाले यसबाट फाइदा लिन अधिकारीले आग्रह गरेकाछन् । यो स्कुटीको वजार मूल्य २ लाख ६६ हजार रहेको छ । डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसंग सहकार्य गरेर टिभीएस एनटर्क १२५ को सुपरस्क्वाड संस्करण शुरु गरेको बताईएको छ ।
सुपर स्क्वाड संस्करण क्रमश आइरन म्यान, ब्ल्याकप्यान्थर र क्याप्टेन अमेरिकाबाट प्रेरित तीन आर्कषक रंग इन्भिन्सिबल रेड, स्टिल्थ ब्ल्याक, र कम्ब्याट ब्लूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । बेजोड स्टाइल, उत्कृष्ट रेसिंग प्रेरित पर्फमेन्श र अन्य स्कुटरमा नभएको ब्लुटुथ टेक्नोलोजी यसमा रहेकाले अन्य स्कूटरहरुको तुलनामा यो अब्बल रहेको पनि दाबि गरिएको छ ।

