बढेको बढ्यै दमकमा कोरोना संक्रमणदर ! एकैदिन थपिए ७६ जना कोरोना संक्रमित
दमक/ झापाको दमकमा आज एकैदिन ७६ जना नयाँ कोरोना संक्रमित थपिएकाछन् । निषेधाज्ञाको पालना नगर्दा र निषेधाज्ञा खुकुलो बन्दा एकैसाथ यतिबिघ्न कोरोना संक्रमित थपिएको समेत जनाईएको छ । मंगलवार पनि दमकमा २१ जना कोरोना संक्रमित थपिएका थिए । दूइ दिनको अवधिमा सय नजिक कोरोना संक्रमित पुगेको अवस्था छ ।
स्वास्थ्य कार्यालय झापाले सार्वजनिक गरेको विवरणमा आज ७६ जना संक्रमित थपिएका हुन् । दमकमा सामाजिक दुरी पालना र स्वास्थ्य सावधानी अपनाउने कार्य फिटिक्कै छैन । निषेधाज्ञा घोषणा भएपनि यसको पालना गराउने र गर्ने कार्य दुबै भएको देखिदैन ।
