अघि साँझ करेन्ट लागेर झापामा एकको मृत्यु
आज साँझ करेन्ट लागेर अर्जुनधारा ६ मा एक मजदुरको मृत्यु भएको छ । साँझ ५.१५ बजे अर्जुनधारा ६ स्थित पूर्वेली टोलमा अमृतकुमार गुरुङको एकतले घरको छत ढलान गरी ढलानको भाईब्रेटर मेसिनको तार फुस्काउने क्रममा अचानक करेन्ट लागेर ३८ वर्षिय आयुष राईको मृत्यु भएको हो ।
ईलाम सन्दकपुर २ घर भई हाल बिर्तामोड १ बस्ने राई करेन्ट लागेर घाईते भई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड ल्याएकोमा अस्पताल ल्याउनुअघि नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव अस्पतालमा रहेको र अनुसन्धानको लागि ईप्रका बिर्तामोडबाट टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
