दमकमा २ सहित झापामा ७ कोरोना संक्रमितको मृत्यु
दमक/ दमकमा २ सहित झापामा आज एकैदिन ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दमकस्थित आम्दा अस्पतालमा २ जनाको मृत्यु भएको छ । उनिहरु दुबै जना जिल्ला बाहिरका कोरोना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
मोरङ रतुवामाईकी ६५ वर्षिया महिला र लेटाङका ५२ वर्षिय पुरुषको दमकको आम्दा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालयले साँझ जारी गरेको कोरोना विवरणमा उल्लेख रहेको छ ।
मेची अस्पताल भद्रपुरमा ३ जनाको मृत्यु भएको छ । मेचीनगरका ७० वर्षिय पुरुष र शिवसताक्षीकी ६० वर्षिया महिलाको होम आइसोलेसनमा मृत्यु भएको पनि बताईएको छ ।
