सिद्धदेवी प्राथमिक विद्यालय नमुना बनाउने स्थानीयको अठोट, स्वंसेवी रुपमा स्थानीयबासि जुट्दै
दमक/ सिद्धदेवी प्राथमिक विद्यालय कमल गाँउपालिका ५ लाई नमुना बनाउने अठोट स्थानीयहरुले लिएकाछन् । उनिहरुले यसमा सबैको साथ र सहयोग आवश्यक रहेको जनाउदै स्वयंसेवी रुपमा
काम गरिरहेको पनि जनाए । हामीले नीजि विद्यालय पढ्ने विद्यार्थीहरुलाई समेत यस विद्यालयमा अध्यन गर्ने अवस्था बनाउन जुटेका छौ, स्थानीयले भने ।
स्थानीय स्तरमा युवाहरुको र अभिभावकहरुको बेग्लाबेग्लै समिति पनि रहेको जनाईएको छ । विद्यार्थी भर्ना अभियान चलाएर विद्यार्थीहरु आकर्षित गरिरहेका छौ र विद्यालयको अवस्थालाई पनि संगसगै ब्यवस्थापन गर्दै जानेछौ, स्थानीयले एक स्वरमा भनेकाछन् । स्थानीय युवाहरुको प्रयासमा विद्यालयको कक्षा कोठाको कालोपाटीलाई ब्यवस्थित गर्ने, रगरोगन गर्ने काम पनि भइरहेको बताईएको छ ।
विद्यालयको अवस्था खस्कदै गएर विद्यार्थी अत्यन्त न्युन भएको अवस्थामा अहिले अभिभावकको आत्मविश्वासका कारण झण्डै २ सयको हाराहारीमा विद्यार्थीहरु पढ्न आउने वातवरण बन्न लागेको पनि स्थानीयको भनाई रहेको छ । अहिले यस विद्यालयको नकारत्मक बिषय भन्दा पनि सकारत्मक भएका पहलको बिषयमा बाहिर आओस भन्ने चाहाना छ, स्थानीयले भने ।
विद्यार्थीहरुलाई सहज रुपमा अध्ययन गर्न सहजहोस भनेर डेक्सबेन्चको ब्यवस्थापन चुनौती रहेपनि हिम्मत नहारेको पनि अभियान चलाईरहेका अभियानकर्मीहरुको भनाई रहेको छ । हामी हाम्रो क्षेत्रको विद्यालयलाई नुमना बनाउन लागेका छौ, स्थानीयहरु जोडताडेका साथ भन्छन् ।
अभियान सफल बन्दैछ-विद्यालय व्यवस्थापन समिति अध्यक्ष नर्वदा उप्रेती (गौतम)
विद्यालय व्यवस्थापन समिति अध्यक्ष नर्वदा उप्रेती गौतमले विद्यालयलाई ब्यवस्थित गर्न र विद्यार्थीहरुलाई आकर्षित गर्न अहिले नियमित रुपमा अभियान चालिएको र अभियान सफल भइरहेको बताएकीछन् । कक्षाकोठा थप गर्ने र विद्यालयमा वालबालिका मैत्री खेलौना लगायतका सामाग्रिहरु जोह गर्न चुनौती रहेकाले यसमा सहयोग गर्नलाई उनले सबैसंग आग्रह पनि गरेकीछन् । सबैको साथ र सहयोगले नै हामी अघि बढ्न सक्छौ, उनले भनिन् ।
गाँउपालिकाले सहयोग गर्छ-प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ
कमल गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले आफुहरुले विद्यालयको अवस्था थाहा पाउनसाथ जस्तापाता सहयोग गरेका बताए । उनले आफै आफु त्यो विद्यालयमा गएको पनि जनाएकाछन् । उनले अब चालु आर्थिक बर्षमा पनि सहयोग गरिने बताए । डेक्सबेन्च यो आर्थिक बर्षमा उपलब्ध गराउने सोचेका छौ, उनले भने । स्थानीयको प्रयासलाई हामी वल पुग्ने गरी सहयोग गर्छौ र यो दायित्वबाट हामी पन्छदैनौ, उनले भने ।
लायन्स क्ववहरुले सहयोग गर्ने
विद्यालय सुधारका लागि स्थानीयले चालेको कदमलाई दमक र कमल रहेका स्थानीय क्लवहरुले सहयोग गर्ने भएकाछन् । कक्षाकोठाहरु रेनोभेसनका लागि हामी सहयोग गर्न छलफल शुरु गरेकाछौ, लायन्स लिडर ज्ञानु पौड्यालले भने । विद्यालयको अवस्था देख्दा निक्कै मन दुख्यो र हामी यसलाई नमुना बनाउन स्थानीयको प्रयासलाई साथ दिन्छौ, उनले भने ।

