२०८३ कार्तिक ४, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ झापामा कोरोना संक्रमण र मृत्युदर बढिरहेको अवस्थामा निषेधाज्ञालाई पनि झन्झन् खुकुलो बनाइदै गरेको पाईएको छ । विहिबार बसेको बैठकले झापामा निषेधाज्ञालाई अझ खुकुलो बनाइएको हो ।

जिल्ला प्रशासन कार्यालय झापामा डिसीसीएमसीको आज विहिबार बसेको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै लामो दुरीका सार्वजनिक यातायातका साधन संचालन गर्न दिने निर्णय गरेको छ ।

त्यस्तै पसल बजार बेलुका ५ बजेसम्म संचालन हुँदै आएकोमा अब साँझ ७ बजेसम्म संचालन गर्न पाउने निर्णय गरिएको छ । अन्य निर्णय यथावत राखिएको उनले जानकारी दिए । निषेधाज्ञालाई साउन १४ गतेसम्म बढाइएको समेत उनले बताए ।