२०८३ कार्तिक ४, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ नेपाली काँग्रेसका युवा नेता राजु न्यौपानेले झापाको कमल गाँउपालिकाको पार्टी सभापतिमा आफ्नो दाबेदारी प्रस्तुत गरेकाछन् । उनले पार्टीको सुदृढिकरण, आँउदो स्थानीय निर्वाचनमा काँग्रेसको जितको आधार तयार गर्ने र पार्टीका क्रियाशिल सदस्यहरुको मर्म एवं भावाना अनुसार चल्न र चलाउनका लागि आफ्नो उम्मेद्वारी रहेको जनाएकाछन् ।

यसभन्दा अघि नेपाली काँग्रेस लखनपुर सभापति रहेका थिए । ब्यवसायीक तथा राजनीतिक क्षेत्रमा क्रियाशिल न्यौपानले आफुले पार्टी सदस्यहरुको विचार र भावानालाई कदर गर्दै आफ्नो उम्मेद्वारी रहने पनि स्पष्ट पारे । नेपाली काँग्रेसको महाअधिवेसन नजिकिदै जाँदा स्थानीय स्तरमा पनि चुनावी माहोल तातेको छ । कमल गाँउपालिकामा स्थानीय तहको निर्वाचनमा काँग्रेसले बराबरी मत ल्याएको थियो र गोलप्रथामा नेकपा एमालेकी मेनुका काफ्लेले जितेकी थिइन् ।