२०८३ कार्तिक ४, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ दमकमा कोरोना विरुद्धको खोप हान्नका लागि बिभिन्न केन्द्रहरु तोकिएकाछन् । यसभन्दा अघि दमक नगरपालिका परिसरभित्र नै कोरोना विरुद्धको खोप लगाइने गरेकोमा यो पटक विभिन्न केन्द्रहरु तोकिएको पाईएको हो । नगरपालिकाले १० वटा खोप केन्द्रहरु तोकेको जनाईएको छ ।

यस पटक मापदण्ड भित्र परेका र सरकारले तोकेकाहरुलाई खोप लगाईने जनाईएको छ । पारदर्शी रुपमा खोप ब्यवस्थापनका लागि समेत माग उठ्दै आएको थियो । सिमित खोप आउने र अपेक्षा धेरैको रहदा ब्यवस्थापनमा समस्या भएको बताईन्छ । यो पटक करिब ११ हजार खोप नगरपालिकामा आउने समेत जनाईएको छ ।

नगरपालिकाले निषेधाज्ञा जारी गरेको यो अवस्थामा निषेधाज्ञाभन्दा खोपको ब्यवस्था गर्नका लागि आम नागरिकको माग रहेको छ । सामाजिक सञ्जालहरु मार्फत नागरिकले हामीले खोप कहिले पाउने ? भनेर प्रश्न गरिरहेको पाईएको छ । सामाजिक कार्यमा सक्रिय रहेका संस्थाका प्रतिनिधिहरुले आफुहरुलाई समेत खोपमा प्राथमिकता राख्न माग गरेकाछन् ।

खोप स्थानीय सरकार तथा नगरपालिकाले चाहादैमा ल्याउन सक्ने अवस्था रहन्न । सरकारले उपलब्ध गराउनु पर्ने हुन्छ । सकेसम्म धेरै र सबै नागरिकलाई पुग्नेगरी खोप दिनका लागि बारम्बार सम्बन्धित निकायमा माग गरिएको दमक नगरपालिका प्रमुख रोमनाथ ओलीले बताए । यसमा सबै राजनीतिक दलहरुले समेत आफ्नो ठाँउबाट प्रयास गरेर सहयोग गर्न पनि अनुरोध गरेकाछन् ।

खोप अभियान दमक सहित जिल्लाभर एकैसाथ शुरु हुँदैछ । यसका लागि अधिकांश स्थानीय तहरुले तयारी पुरा गरिसकेकाछन् । खोपका लागि दबाब सहन सक्ने अवस्था छैन, एक स्थानीय तहका स्वास्थ्य शाखाका कर्मचारीले भने । कसैको फोन नै नउठाउनु पर्ने अवस्था आएको छ र खोप जसरी पनि चाहियो भन्छन्, उनले भने ।

खोपले भाइरस, रोग वा सङ्क्रमणसँग लड्न शरीरलाई तयार गर्छ। यसले शरीरको प्रतिरक्षात्मक क्षमतालाई आक्रमण गर्ने तत्त्वको पहिचान गर्न सघाउँछ। यसले एन्टीबडी उत्पादन गरेपछि धेरै बिरामी बनाउने सम्भावना कम हुन्छ तर मानिसहरूले केही असर अनुभव गर्न सक्छन्।