२०८३ कार्तिक ४, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक अदभुत र तिक्ष्ण स्मरणशक्ति भएको भनेर सामाजिक सञ्जालमा धेरै नै चर्चामा आएका विजय शाहीको मृत्युको खबर झुटो रहेको प्रहरीले जनाएको छ । उनको मृत्युको खबर सामाजिक सञ्जालमा भाईरल भएको थियो । जिल्ला प्रहरी कार्यालय कालिकोटले मृत्यु खबर झुट भएको जनाएको छ । शाहीलाई कालिकोटस्थित उनकै घरमा फेला पारिएको डिएसपी चक्रबहादुर शाहीले बताएकाछन् ।

विजय शाहीका शिक्षक दिपकबहादुर शाहीले मृत्यु भएको फोटोसहितको खबर फेसबुकमा हालपछि केहिछिनमा नै उनको मृत्यु भएको भन्दै पोष्टहरु भाइरल भएका थिए । यो सबै झुट भएको बताईएको छ ।