२०८३ कार्तिक ४, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

अपडेट

दमक/ झापामा दमकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ ।

गएराति १०.१२ बजे झापाको दमक ४ स्थित लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश २ –०३ –०१३प ४७८७ नं को मोटरसाइकललाई विपरित दिशाबाट जाँदै गरेको ना ४ ख ८७३० नं को ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट मोटरसाईकल चालक कनकाई नगरपालिका वडा नं ३ बस्ने ४३ वर्षिय पूर्णबहादुर विष्ट र पछाडि सवार उनकी श्रीमती ३६ वर्षिया भीमा विष्टको मृत्यु भएको हो । उनीहरु सुरुङ्गाको हेवन होटलका संचालक हुन् ।

घाइतेहरुलाई उपचारका लागि लाइफलाइन अस्पताल लादै गर्दा बाटैमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । दुर्घटनापछि ठक्कर दिने ट्रक , ट्रक चालक विराटनगर ४ बस्ने ४८ वर्षिय सुजन थापा र मोटरसाइकललाई दमक प्रहरीले नियन्त्रणमा लिएको छ ।