झापामा निषेधाज्ञामा पनि खुल्ने भए बैक तथा बित्तिय संस्था ! कस्को निर्णय मान्ने ?
विष्णुप्रसाद पोखरेल
दमक/ झापामा शनिवारदेखि फेरी निषेधाज्ञा लाग्ने भएको छ । स्थानीय तहहरुले धमाधम रुपमा आफ्नो पालिका सिल गरिरहेको अवस्थामा विहिबार जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाभर नै शनिवारदेखि पुन निषेधाज्ञा लगाउने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा डीसीसीएमसी र पालिका प्रमुखहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको छ । यसभन्दा अघि स्थानीय तहहरुले बैंक तथा बित्तिय सस्था समेत बन्द गर्ने निर्णय लिएकाछन् ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञामा न्यूनतम कर्मचारी राखेर सातामा तीनपटक बैंक तथा बित्तिय संस्था खोल्नदिने निर्णय गरेको छ । जिल्लामा कोरोना संक्रमणको जोखिम बढेको ठहर गर्दै निषेधाज्ञालाई पालना गर्न गराउने लाग्ने पनि भनिएको छ ।
पालिका प्रमुखहरु सहित बसेको बैठकको पछिल्लो निर्णयलाई नै अब पालना गर्ने गराउने बिषयमा छलफल भएको छ र सोहि लागु हुनेछ, छलफलमा सहभागि एक जनप्रतिनिधिले भनेकाछन् । यसभन्दा अघि जिल्लाभर निषेधाज्ञा नरहेकाले अवस्था हेरेर पालिका आफैले निर्णय गरेर जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएका थिए ।
विहिबारसम्मको अवस्था हेर्ने हो भने मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोड सिल गरिएको छ । यद्यपी यसको पुर्ण पालना भने कतै पनि भएको पाइएको छैन ।
परिक्षा, खोप लगायतका नियमित कार्यक्रमहरुलाई निषेधाज्ञाले कुनै असर नगर्ने पनि बताईएको छ । यसका लागि सहजिकरण गर्न सम्बन्धित निकायहरुलाई अनुरोध पनि गरिएको छ । परिक्षा, खोप लगायतका नियमित कार्यक्रमहरुलाई निषेधाज्ञाले कुनै असर नगर्ने पनि बताईएको छ ।
यसका लागि सहजिकरण गर्न सम्बन्धित निकायहरुलाई अनुरोध पनि गरिएको छ । अत्यआवश्य वाहेकका सबै ब्यापार ब्यवसाय र सवारी साधन सञ्चालनमा रोक लगाइने भनिएको छ । राजमार्गमा कुद्ने सार्वजनिक सवारी साधन पनि चल्न पाउनेछन् ।
