धनकुटे कान्छा अर्थात दमकेली चरो ! जसलाई दमकले चिनिरहेको छैन
विष्णुप्रसाद पोखरेल
दमक/ धनकुटे कान्छा । यो चर्चित नाम । तर वास्तविक नाम शंकर चापागाँई । दमकको एउटा सम्पती अर्थात अमूल्य स्रष्टा । उनको परिचय हरेकछन् । उनि कवि हुन् । गजलकार हुन् । लेखक तथा कुनै समय सञ्चारकर्ममा पनि लागेका ब्याक्ति हुन् । तर पृथक पहिचान भनेको सयौ चराहरु दुरुस्तै कराउन सक्छन् ।
कक्षा २ मा पढ्दा शुरुवातमा भगेरो कराएर चराचुरुङ्गीको आवाज निकाल्न थालेका उनि निरन्तको प्रयासले १ सय ५० भन्दा बढि चराचुरुङ्गीको आवाज दुरुस्त निकाल्ने भए । तर उनको यो प्रतिभा मोफसलमा भएरहोला त्यति धेरै चर्चा भएन । सायद उनि राजधानी काठमण्डौमा थिए भने शान र मानका साथ हिड्ने थिए होला ।
उमेरले दूईदशक र केहि बर्ष काटेका उनले जनआन्दोलनको समयमा होस या अन्य परिवर्तनकारी अभियानमाहोस आफ्नो कलाको माध्यमबाट मानिसहरु बटुलेर नेताहरुलाई भाषण गर्ने मान्छे जुटाइदिनेसम्मको काम गरे । तर आज उनको योगदान र क्षमताको राज्यस्तरबाट जुन कदर हुनुपथ्र्यो त्यो भएको छैन ।
उनलाई दमक नगरपालिकाले भने प्राज्ञको रुपमा छनोट गरेको छ । उनि दमक प्रज्ञा प्रतिष्ठानका सदस्य हुन् । उनि नीजि विद्यालयहरुमा पार्टटाइम अध्यापन गराउने गर्छन् । कुनै समय उनि कामको खोजीमा विदेशमा पनि गए । एउटा अब्बल स्रष्टा विदेश जानु पर्ने अवस्था थियो ।
धनकुटे कान्छा एउटा खुला किताव जस्तै रहेको छ । उ भित्र अनगिन्ति क्षमताछन् । तर त्यो क्षमताको उजागर गर्ने अवसर पाएका छैनन् । पुख्र्यौली घर घनकुटा भएर होला धनकुटे कान्छाको नाममा परिचितछन् तर उनको कर्मथलो र वासस्थान दमक हो । दमकले दमकेली चरो भनेर चिनाउन सक्ने अवसर थियो र अहिले पनि छ ।
धनकुटेको एउटा चहाना भनेको नै चराको संरक्षण र चरा सम्बन्धि केहि काम गर्ने छ । तर उनले यसका लागि कतैबाट खास सहयोग नपाएर हुनसक्छ अहिलेसम्म यो कामलाई औपचारिक रुपमा अघि बढाउन सकेको छैनन् ।

