दमकमा कोरोना खोप सकिएपछि खोप कार्यक्रम स्थगन
दमक/ दमकमा कोरोना खोप सकिएपछि खोप कार्यक्रम स्थगन भएको छ । दमक नगरपालिको सार्वजनिक सूचना जारी गरेर नै खोप सकिएको र पुर्व निर्धारीत खोप सेवा पनि स्थगन गरिएको जानकारी गराएको हो ।
शनिवार सार्वजनिक यातायातका चालक, सहचालक, शिक्षक लगायत सरकारले अग्रभागमा खटिने भनेर तोकिएका ब्याक्तिहरुलाई कोरोनाको खोप लगाउने पुर्व निर्धारीत कार्यक्रम रहेको भएपनि खोप नभएकाले हाललाई खोप सेवा स्थगन गरिएको बताईन्छ ।

