२०८३ कार्तिक ४, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

जनगायक जेबी टुहुरेको निधन भएको छ । ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार दिउसो करिब साढे १२ बजे उनको निधन भएको हो ।

टुहुरे मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका विरामी थिए । जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष सरल सहयात्रीका अनुसार संविधानसभा सदस्य समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेस्म्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ । १५० भन्दा बढी जनपक्षीय गीत रेकर्ड गराएका टुहुरेको ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई’ बोलको गीत चर्चित छ ।