दमकका सामुदायिक विद्यालयका कर्मचारीहरुले आफ्ना मागहरुको बिषयमा शिक्षा शाखाको ध्यानकर्षण गराउने
दमक/ दमकका सामुदायिक विद्यालयका कर्मचारीहरुका सेवा सुविधा लगायतका बिषयहरुमा सामुदायिक विद्यालय कर्मचारी परिषद्ले दमक नगरपालिकाको शिक्षा शाखा मार्फत स्थानीय सरकारको ध्यानकर्षण गराउने निर्णय गरेको छ । परिषदका अध्यक्ष दयासागर आचार्यको अध्यक्षतमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
आचार्यका अनुसार नगर भित्रका सामुदायिक विद्यालयका कर्मचारीहरुका समस्याको बिषयमा स्थानीय सरकारलाई ध्यानकर्षण गराउने र समस्या सामधानका लागि उपायहरु खोजिने छलफल सहितको निर्णय भएको हो । शिक्षा शाखा मार्फत स्थानीय सरकारको ध्यानकर्षण गराउछौ, आचार्यले भने ।

