दमक सहित झापाभर भदौ १९ मा काँग्रेसको वडा अधिवेसन
झापा । दमक सहित झापाका सबै पालिकाहरुम आँउदो भदौ १९ गते वडा अधिवेसन हुने भएको छ । केन्द्रबाट खटिएर झापामा आएका निर्वाचन अधिकृत सुबोधबाबु चिलवालको उपस्थितिमा आज भएको बैठकले यस्तो निर्णय गरेको जनाईएको छ ।
जिल्ला सभापति उद्धव थापाको सभापतित्वमा मङ्गलवार बसेको विस्तारित बैठकले १८ गते देशव्यापी वडा अधिवेशन तोकिए पनि आन्तरिक व्यवस्थापनका कारण १९ गतेबाट अधिवेसन प्रारम्भ गर्ने निर्णय गरेको बताईएको छ ।
निर्वाचन समितिले १३१ वडाकै मतदान अधिकृतलाई १८ गते नै सम्बन्धित वडामा पठाउने र निर्वाचन प्रक्रियामा कोभिड–१९ लाई ध्यानमा राखेर सुरक्षाका सम्पूर्ण उपायलाई कडाइका साथ पालना गर्न निर्देशन दिएको छ ।
