झापामा चट्याङ लागेर गाई मरयो
झापा । अविरल वर्षासँगै परेको चट्याङले लागेर झापा गाउँपालिकामा एउटा चौपाया मरेको छ । गए राति चट्याङले लागेर झापा गाउँपालिका ७ चन्द्र बस्तीका कृष्णप्रसाद मिश्रको गाई मरेको हो । ग्वालीमा बाँधेको गाई मर्दा अन्दाजी ७० हजार मूल्य बराबरको क्षति भएको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ ।
