नेपाली काँग्रेस दमक ८ को सभापतिमा चन्द्र खत्री सर्वसम्मत निर्वाचित
दमक/ नेपाली काँग्रेसको वडा अधिवेसन अन्र्तगत दमक ८ को वडासभापतिमा चन्द्र खत्री सर्वसम्मत चयन भएकाछन् । युवा नेता खत्री आज भएको निर्वाचन प्रक्रिया अन्र्तगत सर्वसम्मत वडा सभापनि बनेकाहुन् ।
वडामा खुला सदस्य बाहेक अधिकाँश पदहरुमा सर्वसम्मत रुपमा उम्मेद्वारहरु चयन भएको वडा नं. ८ का प्रमुख निर्वाचन अधिकृत गिरीराज भट्टराईले जनाएकाछन् । खुला सदस्यमा भोली निर्वाचनको कार्यक्रम रहेको पनि बताईएको छ ।
