दमक ५ काँग्रेस वडा सभापतिमा चैतन्य बराल निर्वाचित
दमक/ नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तरगत जारी झापा जिल्लाको वडा अधिवेशनमा ५० भन्दा बढी वडाहरुमा सर्वसम्मत नेतृत्व चयन भएको छ । यसै क्रममा झापाको दमक ५ को वडा अधिवेसनबाट चलचित्रकर्मी समेत रहेका चैतन्य बराल नगर सभापतिमा निर्वाचित भएकाछन् ।
उनि सर्वसम्मत रुपमा निर्वाचित भएको बताईएको छ । यसैगरी उप सभापतिमा पुर्ण भट्टराई र सन्तोष गौतम पनि सर्वसम्मत निर्वाचित भएको बताईएको छ । आज उम्मेद्वारी मनोनयन कार्यक्रम रहेको थियो ।
