२०८३ कार्तिक ४, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक । नेपाली कांग्रेस दमक नगरको १० वटै वडामा नयाँ नेतृत्व चयन भएको छ । यसमा नयाँ युवा अनुहारदेखि पुरानासम्मले स्थान पाएकाछन् । आइतवार सम्पन्न नगर अधिबेशनबाट दमक वडाको नयाँ नेतृत्व चयन भएको हो ।

दमक वडा नं १ को सभापतिमा गजेन्द्र देवान ,२ मा भागवत प्रसाद दुलाल, वडा नं ३ मा गोपाल गिरी, वडा नं ४ मा राजेन्द्र प्रसाद सिटौला, वडा नं ५ मा चैतन्य बराल चुनिएको काँग्रेस दमक नगर सह सचिव दिपेश दाहालले बताए ।

यस्तै वडा नं ६ मा मणी बहादुर बुढाथोकी, वडा नं ७ मा अतीत वान्तावा राई, वडा नं ८ मा चन्द्र खत्री, वडा नं. ९ मा युवराज कोइराला र वडा नं १० मा घनश्याम खनाल निर्वाचित भएको पनि बताईएको छ । अधिकांस निर्वाचित सभापतिहरु युवा र नयाँ रहेकाछन् । ३ वटा वार्डमा भने पुरानै सभापतिको निरन्तता भएको छ । वडा नं. २, ६ र १० मा सभापतिको निरन्तरता हो ।