२०८३ कार्तिक ३, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ झापा दमकका सामाजिक, राजनीतिक तथा धार्मिक ब्याक्तित्व प्रेम भट्टराईले नेपाली काँग्रेस दमक नगर उपसभापति दाबी सहित उम्मेद्वारी घोषणा गरेकाछन् । काँग्रेस नगरमा राम्रो पकड राख्ने भट्टराईले कार्यकर्ताहरुमाझ मत पनि माग्न थालेकाछन् ।

विशेष गरेर नगर सभापतिमा ३ जनाको दाबी सहितको उम्मेद्वारी घोषणा भएको छ । वर्तमान अध्यक्ष रोशन विष्ट, बर्तमान सचिव प्रकाश प्रशाई र पर्शुराम रिजालको सभापतिमा दाबी रहदै आएको छ । भट्टराई पर्शुराम रिजालको प्यानलबाट उम्मेद्वार बन्न लागेको जनाईएको छ ।

रिजाल र विष्टबीच कोहि एकजना उम्मेद्वार रहने बिषयमा समेत छलफलहरु चलिरहेको काँग्रेस श्रोतले जनाएको छ । भट्टराई आफु सिंगो काँग्रेसको उम्मेद्वार रहेको जनाए । मलाई विश्वास छ नेतृत्व सहित सबै पदहरुमा सर्वसम्मत नेतृत्व चयन हुनेछ र यसको प्रयास पनि भइरहेको छ, उनले भने ।