अबको नेपाली काँग्रेस दमक नगर सभापति को ? शुरु भयो दौडधुप र प्यानल निर्माण
दमक/ झापाको दमकमा नेपाली काँग्रेसको अधिवेसन नजिकै जाँदा उम्मेद्वारहरु सार्वजनिक हुने क्रम शुरु भएको छ । अहिलेसम्म तीन जना सभापतिको उम्मेद्वारहरुको दाबी रहेको छ । यसै अनुसार प्यानल अनुसार पदाधिकारीहरुमा पनि ईच्छा जाहेर तथा उम्मेद्वारी घोषणा गरेर भोट माग्ने काम शुरु भएको पाईएको छ ।
आँउदो भदौ २७ गते गाउँ नगर अधिवेशन हुदैछ । दमकमा सभापतिका ३ जना आकांक्षी देखिएका छन् । बर्तमान सभापति रोशन विष्ट पुन सभापति बन्ने चर्चा रहेको छ । उनले अहिलेसम्म गरेका कामको पुर्णता तथा यो सिकाईबाट अब एक कार्यकाल दोर्याउन दिन आग्रह गर्दै आएकाछन् ।
वर्तमान सचिव प्रकाश प्रशाईले सभापतिमा दर्बिलो रुपमा आफ्नो दाबेदारी देखाएकाछन् । उनले आफ्नो पक्षका उम्मेद्वारको टिम समेत बनाइसकेकाछन् । सर्वसम्मतको वातवरण बनाउनका लागि केहि पदाधिकारीहरुमा सोच्न सकिने पनि उक्त समुहका एक नेताले बताए । हामी सर्वसम्मत रुपमा नेतृत्व चयनहोस भन्ने चाहान्छौ, ति नेताले भने ।
नगर सदस्य पर्शुराम रिजालको सभापतिमा यो पटक आफु नछाड्ने जनाउ नेता कार्यकर्ताहरुलाई दिएकाछन् । उनले पनि आफ्नो समुह तयार पारेर सामाजिक सञ्जाल मार्फत उम्मेद्वारी नछाड्ने संकेत गरेको बताईन्छ । अहिलेसम्म विष्टको टिम भने बेग्लै देखिएको छैन ।
