नेकपा (एकीकृत समाजवादी) को दमक नगर कमिटी घोषणा, नेतृत्वमा महेश घिमिरे
दमक/ नेकपा (एकीकृत समाजवादी) को दमक नगर कमिटीको अध्यक्षको जिम्मेवारी युवा नेता महेश घिमिरे पाएकाछन् । एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा दमक नगरका पूर्व प्रमुख इन्द्रबहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा शनिवार घमिरेको नेतृत्वमा दमक नगर कमिटी घोषणा गरिएको हो ।
उपाध्यक्षमा सुमन कार्की, हमला सिटौला, बिराट जबेगु लिम्बू, सचिवमा निर्मल लामिछाने र सहसचिवमा रोशन भण्डारीले जिम्मेवारी पाएकाछन्। पार्टीको नेतृत्वमा अधिकाँश युवाहरु रहेकाछन् ।
त्यस्तै सदस्यहरुमा चन्द्र थापा, राजु भट्टराई, युवराज दुलाल, तारादेवी धिमाल, गोमादेवी कटुवाल, किरण भट्टराई, उमेश बुढाथोकी, कमला श्रेष्ठ, प्रेम भुजेल, जीवन सेडाई, युवराज घिमिरे, कमला बोहोरा, मनकुमार दर्नाल, जुलन गजमेर, प्रेम नेपाल, मदन गुरुङ, खगेन्द्र नेपाल, उमेश चौलागाई, प्रवल भण्डारी, छत्र बस्नेत, कमल न्यौपाने, हुन रसाइली, मित्र इगनाम र नरेश भण्डारी रहेको जनाईएको छ ।
