काँग्रेस दमक नगर सभापति चयन हुँदै
दमक/ नेपाली काँग्रेस दमक नगर सभापति सहितका पदाधिकारीहरु चयनका लागि मतदान शुरु भएको छ । वार्ड सभापति तथा क्षेत्रिय प्रतिनिधिहरुले नगरको नेतृत्व चयन गर्न लागेकाहुन् । दमकको दीपेनी आधारभूत विद्यालयमा मतदान भइरहेको छ ।
सभापतिका लागि ३ जनाको प्रतिस्पर्धा रहेको छ । वर्तमान सभापति रोशन विष्ट, सचिव प्रकाश प्रशाई र पुर्शराम रिजालबीच त्रिपक्षिय प्रतिस्पर्धा हुँदैछ । आज राती अबेरसम्ममा नगर सभापतिको घोषणा हुने जनाईन्छ ।
