२०८३ कार्तिक ३, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ नेपाली कांग्रेसको दमक नगरको अधिवेसनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा तीनवटा प्यानलको नै मिश्रित परिणाम आएको छ । सभापतिमा प्रकाश प्रशाई १ सय ७६ मत प्राप्त गर्दै विजयी भएकाछन् । उनि यसभन्दा अघि पार्टीको नगर सचिव रहेका थिए । निकट्तम प्रतिद्वन्द्वी पर्शुराम रिजालले ९९ र रोशन बिष्टले ४५ मत प्राप्त गरेको जनाईएको छ ।

उपसभापतिमा रिजाल प्यानलका प्रेम भट्टराई १ सय ३६ र प्रसाई प्यानलका सागर खनाल १ सय ३२ मत प्राप्त गरेकाछन् । सचिवमा रिजाल प्यानलका रामचन्द्र अधिकारी (आरसी ) १ सय ४५ मत र बिष्ट प्यानलका दिपेश दाहाल १ सय ३४ मत प्राप्त गरेर विजयी भएकाछन् ।

यसैगरी सह सचिवमा प्रसाई प्यानलका मनीकुमार लिम्बु १ सय १७ मत र रिजाल प्यानलकी रमुना चापागाईं १ सय १५ मत प्राप्त गरेको जनाईएको छ ।