२०८३ कार्तिक ३, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ सुन चाँदी ब्यवसायी संघ दमकको अध्यक्षमा दमकका सामाजिक तथा ब्यवसायीक अगुवा पुराना सुन ब्यवसायी काशिराम विश्वकर्मा (खाती )चयन भएकाछन् । सर्वसम्मत रुपमा उनि अध्यक्षमा चयन भएकाहुन् ।

यसैगरी उपाध्यक्षमा पुष्पलाल शन्कर , सचिब चन्द्र गजमेर, सह सचिवमा उमेश गजमेर र कोशाध्यक्षमा हेमसागर अधिकारी चयन भएकाछन् । सदस्यहरुमा जितबहादुर  बिस्वकर्मा,नन्दबिर ल्वागुन, विवेक लाम्गाँदे, अजितकुमार शंकर, रुपक सापकोटा, रोहितबहादुर विश्वकर्मा, विश्वनाथ नेपाल, सुष्मा निरौला केसी निर्वाचित भएकाछन् ।

अध्यक्ष काशिराम खातीले सर्वसम्मत रुपमा आफुलाई जिम्मेवारी दिने सबैप्रति आभार प्रकट गरेकाछन् । निर्वाचन प्रक्रिया मार्फत नै उम्मेद्वार छनोट भएको हो । यद्यपी सर्वसम्मत रुपमा सबै निर्वाचित भएकाहुन् ।