अनेरास्ववियू (क्रान्तिकारी) को अध्यक्षको प्रमुख दाबेदार दमकका सुरेन्द्र बस्नेत
दमक / नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्वमा आउनका लागि बिद्यार्थी नेताहरु कस्सिएकाछन् । यसमा झापाली युवा नेता दमकका सुरेन्द्र बस्नेत प्रमुख दाबेदार रहेकाछन् । २१ औं राष्ट्रिय सम्मेलनमा पहिलोपटक निर्वाचनमार्फत् झापाकै रञ्जित तामाङ अध्यक्ष चुनिएका थिए ।
प्रमुख दाबेदार बस्नेत अहिले अनेरास्ववियू (क्रान्तिकारी)का बरिष्ठ उपाध्क्षहुन् । शिक्षा, स्वास्थ्य रोजगारीको ग्यारेन्टीको लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२ औं राष्ट्रिय सम्मेलन भन्ने नाराका साथ सम्मेलन विहिबारबाट शुरु हुँदैछ ।
करिब ७ सय जना प्रतिनिधिहरु काठमण्डौमा भेला भएकाछन् । सर्वसम्मत रुपमा नेतृत्व चयनको प्रयास भइरहेको जनाईएको छ । पार्टी अध्यक्ष प्रचण्ड निकट रहेका बस्नेतको बलियो सम्भवाना रहेको बताईन्छ ।


