झापामा एक ब्याक्तिको सर्पले डसेर मृत्यु
१७ असोज । बाह्रदशी –१ का ५५ वर्षीय मानबहादुर थापाको कालो गोमन सर्पले डसेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालल झापाका सूचना अधिकारी राकेश थापाका अनुसार शनिवार दिउँसो उनलाई घरभित्र कोठामै सर्पले डसेको थियो ।
उपचारका लागि मेची प्रादेशिक अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भयो ।
गर्मी याममा झापामा विषालु सर्पको बिगबिगी हुने गर्दछ । ओभानो र अँध्यारो स्थानमा बस्न र आहार खोज्न रुचाउने विषालु गोमन र करेत जस्ता सर्पले डसेपछि छिटो उपचार नपाउँदा मानिसको मृत्यु हुने गर्दछ ।

