दमकको नमुना हिमालय बिद्यालयमा अख्तियारको टोली ! कागजपत्र लगेर अनुसन्धान शुरु
दमक/ हिमालय माविमा भएको भनिएको आर्थिक हिनामिनाको बषियमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेको छ । हिजो साँझ आयोगको कार्यालय ईटहरीले सम्बन्धित पक्षहरुसंग बयान सहित आवश्यक कागजपत्रहरु लिएर गएको छ ।
आन्तरिक रुपमा भएको छानविनमा एक करोडभन्दा बढि रकमको कुनै हिसाव नदेखिएको र आर्थिक अपचलन भएको बिषय सार्वजनिक भएको थियो । यसले दमकमा राजनीतिक र शैक्षिक क्षेत्रमा नै तंरग ल्याएको छ । यो दमकको नमुना बिद्यालय हो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रजापती सापकोटाका अनुसार ब्यवस्थापन समितिले नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको हो । सोहि आधारमा आयोगको टोली आएर आवश्यक कागजत्र पनि लगेर अनुसन्धान शुरु गरेको छ ।
दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै यस बिषयमा अनुसन्धान शुरु गरेकाले स्थानीय सरकारले त्यसमा सहयोग पुर्याउने बताएकाछन् । यहाँका राजनीतिक दलहरुले स्थानीय सरकार घटनाबारे नबोलेको भन्दै बिज्ञप्ति जारी गरेर नै विरोध जनाएका थिए ।

