दमकका युवा ब्यवसायी सञ्जिव बरालले शुरु गरे फिक्स्ड प्राईजमा सामान पाउने गरी एस बी फेन्सी पसल
दमक/ झापाका सामाजिक तथा ब्यवसायीक युवा सञ्जिब बरालले दमकका सुविधायुक्त फेन्सि पसल शुरु गरेकाछन् । घटस्थापनाको साइत पारेर आफनै निजी घरमा एस बी फेन्सी पसल सञ्चालनमा ल्याएका हुन ।
दमक बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले उदघाटन गर्दै सफलताको शुभकामना दिएकाछन् । दमकका सफल युवा ब्यवसायी बरालले महिला तथा बालबालिकाहरुका लागि आवश्यक फेन्सि सामाग्रि एकै ठाँउमा उपलब्ध गराउन ब्यवसाय शुरु गरेकामा उनले शुभकामना दिए ।
उदघाटनको अवसरमा संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाइँ, सिग्देल डिपार्टमेन्ट स्टोरका सञ्चालक एवं पुराना व्यवसायी लोकनाथ सिग्देल लगायतले शुभकामना दिए । बरालले आफुले फिक्स्ड प्राईज (निश्चीत मूल्य) राखेर ब्यवसाय सञ्चालन गर्ने जनाए ।
