२०८३ असार १७, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ रतुवा खोलामा आएको बाढीले दमक ७ स्थित गेटवान बस्तीका ७ वटा घर बगाएको छ । अन्य १७ वटा घर बाढीको उच्च जोखिममा रहेको वडाध्यक्ष भीम पौड्यालले जानकारी दिएकाछन् । गेटवानमा पक्की बाँध भत्काएको र गेटबानको आधा सडक पनि भत्काएकाले बस्ति तथा पशुहाटतर्फ बाढि पस्न सक्ने खतरा रहेको बताईन्छ ।

गएराती १० वजेतिर आएको बाढीले कटान गर्दा घरहरु बगाएको हो । स्थानीय सुवास लिम्बू, रामकुमारी लावती, खड्ग लिम्बू, डम्बरवहादुर श्रेष्ठ, बिष्णुमाया लिम्बू, मिना लिम्बू र डम्बर श्रेष्ठको घर बगाएको पौड्यालले बताए।

अभिकेशर प्रधान,अजन तिम्सीना, काजी गुरुङ,कृष्ण थापा,मनोज मास्के,उद्धव न्यौपाने ,राजेश किस्कु, बिमल किस्कु, बम बहादुर तामाङ,भारती तामाङ,सीता श्रेष्ठ, दानबहादुर न्यौपाने, लाक्पा शेर्पा, भिम तामाङ,पविमाया तामाङ, गोविन्द श्रेष्ठ र कृष्ण श्रेष्ठको घर उच्च जोखिममा रहेको बताईएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सीना, नगर प्रमुख रोमनाथ ओलीसहितले क्षतिग्रस्त बस्तीको निरीक्षण गर्दै त्तत्काल उद्धार तथा कटान रोकथाम कार्य तीव्र बनाउने बताएकाछन् । वडाध्यक्ष पौड्याल सहित सुरक्षाकर्मी तथा अन्य जनप्रतिनिधिहरु रातभर उक्त क्षेत्रमा उद्धार र खोला बस्तिमा पस्न नदिन लागेका थिए ।