२०८३ असार १७, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ धनकुटाको चौबिसे गाउँपालिकामा पहिरोले घर पुरिदा ६ जनाको मृत्यु भएको छ यसमा ३ जना झापा दमकका रहेकाछन् । गाउँपालिकाको १ नम्बर वडामा पर्ने ६ नम्बर बुधबारे स्थित गढेरीमा पहिरोले भिमबहादुर श्रेष्ठको घर पुरेको जनाईएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी दिपक कुमार रायले प्रभावकारी न्यूजलाई जानकारी दिएअनुसार गयराती करिब १२ बजे पहिरोले श्रेष्ठको घर पुरिएको हो ।

घर भित्र सुतिरहेका ६० वर्षीय भिमबहादुर, ९ वर्षीय नाति बिनोद, ५ वर्षीया नातिनी निर्जला र दमकबाट पाहुना गएका ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र ७ वर्षीय दिप्सन श्रेष्ठको मृत्यु भएको हो ।

pahiro