झापामा मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु
दमक/ झापाको अर्जुन्धारा नगरपालिका ११ सालबारीस्थित चारआली शनिश्चरे सडक खण्डमा कालिखोलाको कल्वटमा मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक सोही ठाउँका १८ बर्षीय कुसल दास रहेका छन् ।
शनिबार राती साढे ९ बजे पश्चिम तर्फ जादै गरेको प्र १–०१–०१२ प ४३७४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भएर कल्वर्टमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनापछि पानीमा डुवेर बेहोस भएका दासलाई उपचारको लागि मनमोहन अस्पताल बिर्तामोड लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

