२०८३ असार १७, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

मोरङको उर्लाबारीमा आज बसको ठक्करबाट स्थानीय शिक्षासेवी नरेन्द्रकुमार ढुंगानाको मृत्यु भएको छ । पश्चिम तर्फ जाँदै गरेको को १ ख ७८२८ नम्बरको भुल्केदेवी यातायातको बसले उर्लाबारी ४ आइतबारेमा अर्को बसलाई ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा मोटरसाइकल चालक ढुंगानाको घटनास्थलमानै ज्यान गएको हो ।

दुर्घटनापछि  पूर्व पश्चिम राजमार्ग अवरुद्ध बन्यो । बसको लापरवाहीका कारण दुर्घटना भएको भन्दै स्थानीयले बिरोध जनाएर केहिबेर सडक पनि अवरुद्ध पारे । ढुंगाना उर्लाबारीस्थित सुनपकुवा माविका पूर्व प्रधानाध्यापक तथा भुकुटी मोडल एकाडेमीका संस्थापक हुन ।